एक दिने क्षमता अभिवृद्वि कार्यक्रम सम्पन्न
मिति २०८२ माघ १० गते शनिबार पानस साकोसका संचालक समिति सदस्य, लेखा सुपरिवेक्षण समिति , विभिन्न उपसिमित का संयाेजक एवं सदस्य र व्यवस्थापन प्रमुख सहित जम्मा २० जनाको सहभागितामा एक दिने क्षमता अभिवृद्वि तालिम सम्पन्न भयाे । उक्त तालिम जिल्ला सहकारि संघ लि का पुर्व अध्यक्ष दिलिप शर्माले दिनुृभएको थियो ।
कार्यक्रममा संस्थालाई दीगो रुपमा अगाडी बढाउन संस्थाले सहकारी ऐन, नियमावली, निर्देशन, विनियम, आन्तरिक कार्यविधि भित्र रही पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने कुरा बताउनुभयो । कार्यक्रममा संस्था सक्षम, सुरक्षित र दीगो भएमा मात्र अस्तित्व रहने हुनाले सबल र सक्षम संचालन समूह तयार गर्नका लागि तालिमको औचित्य,र महत्व हुने विषयमा छलफल भएको थियो ।
कार्यक्रममा संस्थाकाे SWOT विष्लेषण , संचालक र विभिन्न समिित उपसमितिकाे भुमिका र काम कर्तव्य र अधिकार बारे तथा सहकारी क्षेत्रमा हाल देखा परिरहेेका समस्याहरू र साेबाट संस्थालाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा समेत प्रशिक्षकले प्रष्ट पार्नुभएकाे थियाे ।
English
Nepali